
झापा । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलो फैलिँदा कम्तिमा १८ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।
त्यहाँको आन्तरिक तथा सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २३ हजारभन्दा धेरै मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको छ ।
आगलागीका कारण १३०० वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट हुनुका साथै धेरै सम्पदा र सांस्कृतिक स्थलहरू प्रभावित भएका बीबीसीले जनाएको छ ।
डढेलोका कारण १७ हजार हेक्टर जनाभन्दा धेरै जङ्गलमा क्षति पुगेको छ । कार्यवाहक राष्ट्रपति हान डक–सूका अनुसार दक्षिण कोरियाको इतिहासमा सबैभन्दा खराब डढेलोको रेकर्ड भएको बताएका छन् । आगलागीको सङ्कट अझै गम्भीर रहेको उनको भनाइ छ ।
आगलागीको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूका अनुसार उइसोङ काउन्टीको पहाडमा एउटा अग्नि नियन्त्रक हेलिकप्टर पनि दुर्घटना भएको छ । डढेको फैलिएको क्षेत्रमा हजारौं अग्नि नियन्त्रक र सैन्य कर्मचारीहरू धेरै आगो निभाउन खटिएका छन् ।
कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि आगो निभाउन परिचालन भएका छन् । दक्षिण कोरियामा अहिले औसतभन्दा कम वर्षा भइरहेकोले सामान्यभन्दा सुख्खा अवस्था छ । यस वर्ष अहिलेसम्म २४४ वटा डढेलोका घटना भएका छन् । जुन गएको वर्षको यही अवधिको तुलनामा २ दशमलव ४ गुणा बढी हो ।