२०८१ चैत १८, सोमवार , ०९:२१:५७ बजे

Sajhamanch
'

यमनमा पाँच वर्षमुनिका हरेक दुईमध्ये एक बालबालिकामा कुपोषण

बुधवार, चैत १३, २०८१

झापा । यमनमा पाँच वर्षमुनिका हरेक दुईमध्ये एक बालबालिकामा गम्भीर कुपोषण पाइएको छ ।

यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वका कारण पाँच लाखभन्दा धेरै बालबालिका कुपोषणबाट प्रभावित रहेको संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले गरेको अध्ययनले देखाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

यमनमा पाँच लाख ३७ हजारभन्दा धेरै बालबालिकाहरू गम्भीर तीव्र कुपोषणबाट ग्रस्त रहेका र त्यहाँ मानवीय सङ्कट बढ्दै गइरहेको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

यमनका हुथी विद्रोहीले देशको धेरै भाग पकडमा लिएका छन् । उनीहरू सन् २०१५ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग युद्धमा छन्, जसले ठूलो मानवीय सङ्कट निम्त्याएको छ ।

सम्बन्धित खबर