२०८१ चैत २६, मङ्गलवार , १२:३६:०८ बजे

Sajhamanch
'

आठ महिनामा ४७ अर्ब ९४ करोड रुपैयाँको भटमास तेल निर्यात

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । पछिल्लो केही महिनादेखि भटमासको तेल निर्यात बढेको छ । भारतमा भटमास तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको छ ।

नेपालबाट ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात भएको छ । यस अवधिमा भटमास तेल मात्रै ४७ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको हो । भारतले भटमास तेल आयातमा लाग्ने भन्सार घटाएपछि नेपालबाट निर्यात बढ्न थालेको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात व्यापार गएको आर्थिक अवधिको यसै अवधिको तुलनामा ५७ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालको आयात व्यापार पनि ११ दशमलव २ प्रतिशतले बढेको छ ।

आठ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा डिजेल, कच्चा सोयाविन तेल, पेट्रोल, एलपीजी ग्याँस मुख्य रहेका छन् ।

सम्बन्धित खबर