
झापा । मध्यरातमा झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
गएराति १२:५५ बजे दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्टस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट बिरामी लिई विराटनगरतर्फ जाँदै गरेको सोही अस्पतालको प्र-१–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किई दुर्घटना भएको हो ।
दुर्घटनामा अर्जुनधारा नगरपालिका-१० बस्ने वर्ष अन्दाजी २० का विशाल लिम्बू (ढाडमा चोट, अवस्था सामान्य), सोही ठाउँ बस्ने वर्ष अन्दाजी १९ की आरजु राई (टाउकोमा चोट, अवस्था गम्भीर) वर्ष ५१ की मिना लिम्बू (टाउको र दाहिने हातमा चोट, अवस्था मध्यम) ,वर्ष २१ का अन्जेश लिम्बू (निधार र ढाडमा चोट, अवस्था मध्यम) ,एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-५ बस्ने वर्ष ३५ का कमल अधिकारी (मुख र बायाँ तिघ्रामा चोट, अवस्था मध्यम) र अर्जुनधारा नगरपालिका-१० बस्ने वर्ष २३ की वर्षा लिम्बू (घाँटी र ढाडमा चोट, अवस्था मध्यम) घाइते भएका छन् । घाइतेहरूलाई सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।