२०८१ चैत ५, मङ्गलवार , ०४:०७:३८ बजे

Sajhamanch
'

शेयर बजार एक महिनापछि २७०० विन्दुमुनि, कारोबार रकम २ महिनायताकै कम

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६९७ दशमलव ०४ विन्दुमा झरेको छ ।

शेयर बजार एक महिनापछि २ हजार ७०० विन्दुमुनि झरेको हो । यसअघि गएको फागुन ४ गते शेयर बजार २ हजार ६९८ विन्दुमा थियो ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३१३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि गएको पुस २८ गते ३ अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

सम्बन्धित खबर