
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अङ्कले घटेर २ हजार ७०४ दशमलव ७० विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, लगानी, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे ३ प्रतिशतले ओरालो लागेको छ ।
आज महालक्ष्मी विकास बैंकको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३३१ वटा कम्पनीका ९९ लाख ३५ हजार कित्ता शेयर ५ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।
यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि माघ ३ गते ५ अर्ब ८८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।