२०८१ चैत ३, आइतवार , ०३:१०:४४ बजे

Sajhamanch
'

संसद्‌भित्र राजतन्त्रबारे छलफल गर्न पाइँदैन : पन्त

आइतवार, चैत ३, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद्‌भित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने जिकिर गरे । समयको मागसँगै गणतन्त्रको स्थापना भइसकेकाले राजतन्त्रको विषय इतिहासमा सीमित भएको उनको भनाइ थियो ।

‘अहिलेको संविधानले राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषमा संसदभित्र छलफल गर्न पाइँदैन, त्यसले गणतन्त्र मात्रै चिन्छ । राजतन्त्र इतिहासको विषय भइसक्यो,’ पन्तले भने ।

समयको प्रवाहसँगै विश्वका राजतन्त्रहरु समाप्त भएर गणतन्त्र स्थापना भएको उनको भनाइ छ । नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंशलगायतको राजतन्त्र भएको भन्दै अहिले पुनःस्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्ने उनको प्रश्न थियो ।

‘संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन् किनभने राजतन्त्र भनेको विशेष अधिकार हो । त्यसैले संसाको राजनीतिको प्रवाह गणतन्त्र हो । नेपालमा गणतन्त्र आउनु पथ्र्यो आयो, अब पुनःस्थापना भन्नेहरुलाई सोधौ न, किन शाह वंशकै राजतन्त्र चाहियो ?,’ पन्तले भने, ‘यो भन्दा अघिको मल्ल वंश नल्याउने तिनको पनि हक लाग्ला । त्यो भन्दा अगाडिका लिच्छवी र किराँत किन नल्याउने ? त्यो भन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुनःस्थापनाको कुरा नगर्ने ? कुन राजतन्त्रको कुरा ? संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन् यो समयको प्रवाह हो । गणतन्त्र आजको युगको सत्य हो ।’

सम्बन्धित खबर