
अर्जुनधारा । सुखानी शहीद स्मृति दिवसको दिन नेकपा एमाले झापा र इलामको संयुक्त आयोजना तथा माई नगरपालिका कमिटीको व्यवस्थापनमा श्रद्धाञ्जली सभा गरिएको छ ।
२०२९ साल फागुन २१ गते चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने बहानामा इलाम–झापाको सिमाना सुखानीको जंगलमा तत्कालीन शासकहरुले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकै ठाउँमा गोली हानेर मारेको दिनको सम्झनामा शहीद दिवस मनाउने गरिएको हो ।
तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।
प्रजातन्त्र बहाली पछि २०४७ सालदेखि हरेक वर्ष यो दिनलाई विशेष कार्यक्रमहरुको आयोजना गरेर कम्युनिष्ट पार्टीहरुले ती शहीदहरुको स्मरण गरिरहेका छन् ।
हेर्नुहोस् केही तस्वीरहरु :