
काठमाडौं । राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । आगामी शुक्रबार यो विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ ।
यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । गुरुङका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको हो । यसका लागि स्पष्ट कानुन निर्माण आवश्यकता महसुस भएको उनले बताएका छन्
तर, सामाजिक सञ्जाल नियमन गर्ने नामा प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजिएको भनेर आलोचना समेत भइराखेको छ । डिजिटल प्लाटफर्मलाई उत्तरदायी र जवाफदेही बनाउनुपर्ने प्रयोगकर्तालाई नै तर्साउन खोजिएको र यस्तो भावमा विधेयकले नागरिकको बोल्न पाउने अधिकार खोस्न खोजेको भनेर टिप्पणी भएको छ । यही बेला राष्ट्रिय सभाले पनि विधेयकलाई छलफलमा अगाडि बढाउन खोजेको हो ।