२०८१ फागुन १९, सोमवार , १०:३३:२१ बजे

Sajhamanch
'

डा. मैनालीद्वारा महेन्द्र रत्न माविमा स्मृति पुरस्कारको स्थापना र प्रदान

आइतवार, फागुन १८, २०८१

बिर्तामोड । महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोड ३ बिर्ताबजारका भूतपूर्व विद्यार्थी डा. लक्ष्मीप्रसाद मैनालीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनि प्रदान गर्ने गरी पुरस्कारको स्थापना गरेका छन् । डा. मैनाली भूतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माविका संस्थापक सदस्य हुन् ।

आफ्ना दिवंगत हजुरबुवा रामप्रसाद मैनाली (गाउँबुढा), हजुरआमा विशेश्वरा मैनाली र बुवा खेमप्रसाद मैनालीको स्मृतिमा राम–विशेश्वरा–खेम स्मृति पुरस्कार स्थापना गरेका हुन् । पहिलो वर्ष सो पुरस्कार कक्षा ८ को वार्षिक परीक्षामा गणित, विज्ञान र नेपाली विषयमा उत्कृष्ट तीनजना विद्यार्थीहरुलाई जनही ५ हजार रुपैयाँका दरले प्रदान पनि गरिएको छ ।

आज आइतवार एक कार्यक्रमका बीच डा. मैनाली, उनकी श्रीमती प्राध्यापक सुमा सेढाई, दिदी विष्णु संग्रौलाको उपस्थितिमा भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल र विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यार्थीहरुलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

त्यस अवसरमा भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष मदनगोपाल सुब्बा, महासचिव मोहन शिवाकोटी तथा सदस्यहरु, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति थियो ।

प्रधानाध्यापक खरेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्यसहित औचित्य माथि पुरस्कारका संस्थापक डा. मैनालीले प्रकाश पारेका थिए । पुरस्कार संस्थापकलाई धन्यवादसहित कार्यक्रमको समापन भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष पोखरेलले गरेका थिए ।

सम्बन्धित खबर