
कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिद्वारा आयोजित अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगताको उपाधी नवप्रभात सहकारी संस्था लि. भद्रपुरले हात पारेको छ ।
सहकारी अभियानमा सम्बद्घ संस्थाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्यव्यवहार सम्बन्धलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा आयोजकसहित ८ वटा सहकरी संस्थाको सहभागिता रहेको थियो ।
फाइलन खेल नवप्रभात सहकारी संस्था लि. भद्रपुर र मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टाबीच भएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको मेची मासुले ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो भने नवप्रभात सहकारी संस्थाले ५७ रनको लक्ष्य ३ विकेटको क्षतिमा पुरा गरेको थियो ।
नवप्रभातले उपाधीसहित नगद ३० हजार रुपैयाँ, ट्रफि प्रमाणपत्र र मेडल हात पार्यो । उपविजेता बनेको मेची मासु उत्पादकमा सहकारीले नगद २० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल हात पारेको थियो ।
प्रतियोगिताको उत्कृष्ट बलर आधुनिक साकोस काँकरभिट्टाका नुरी निसार, उत्कृष्ट व्याटर मेची मासुका भीम सिटौला तथा सर्वोत्कृष्ट खेलाडी नवप्रभात सहकारी संस्थाका मनिष कामती भएका थिए ।
खेलकुद उपसमितिका संयोजक नवीन भण्डारीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विजयी तथा उपविजयी टिमलाई प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन कर्पोरेट सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।