२०८१ फागुन १६, शुक्रवार , ०३:५६:१२ बजे

Sajhamanch
'

मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो : महासचिव पोखरेल

शुक्रवार, फागुन १६, २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताएका छन् ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले आज काठमाडौँमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको बताएका हुन् ।

“विसं २०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन । कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो”, महासचिव पोखरेलले भने ।

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठुला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए ।

उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए ।

सम्बन्धित खबर