
शिवसताक्षी । झापाको शिवसताक्षी सम्पन्न पालिकास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा झिलझिलेस्थित सेभेनसीज अंग्रेजी मावि प्रथम भएको छ ।
शनिबारबाट सञ्चालन भएको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेनसीजले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक प्राप्त गर्दै प्रथम स्थानमा हासिल गरेको हो ।
त्यस्तै लालपानी माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । लालपानी माविले ५ स्वर्ण, ९ रजत र ५ काश्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको हो ।
बालनिकुञ्ज माध्यमिक विद्यालयले ५ स्वर्ण, २ रजत र ७ काश्य पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
रनिङ शिल्डमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई र खेलमा सहभागी विद्यालयहरुलाई उपप्रमु्ख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराँते, कबड्डी, दौड र तेक्वान्दो गरी ६ विधाका खेलहरु समावेश गरिएका थिए।
शिवसताक्षी नगरपालिका वडा नं. ६ को जनआदर्श माध्यमिक विद्यालय परिसरमा भएको रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका ७५६ जना विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएका थिए ।