
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच हिजो साँझ भएको झडपमा २३ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा सुरक्षाकर्मीतर्फ ११ जना र आन्दोलनकारीतर्फ १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलले बताए । प्रहरीतर्फ दुईजना प्रहरी निरीक्षकसहित ११ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा प्रहरी जवान मिना आङदम्बे , प्रहरी हवल्दार धर्मनाथसिंह नुनिया, प्रहरी जवान सुसान्त राई , प्रहरी जवान दीपक तामाङ, प्रहरी नायव निरीक्षक पदम लिम्बू , प्रहरी जवान तेजेन्द्र बिसुन्के , प्रहरी जवान रुपा राई , प्रहरी जवान विशाल दाहाल, प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढई , प्रहरी निरीक्षक ओमप्रकाश पण्डित रहेका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । त्यसमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी नायव निरीक्षक पदम लिम्बूको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि सुबिधासम्पन्न अस्पताल रेफर गरिएको छ ।
त्यस्तै आन्दोलनकारीतर्फ इटहरी ५ बस्ने अन्दाजी वर्ष ५० का कमल लिम्बू टाउकोमा चोट,नाकबाट रगत बगिरहेको अवस्था सामान्य (जिल्ला अस्पताल),ताप्लेजुङ फक्तालुङ गाउँपालिका वडा नं.६ बस्ने अन्दाजी वर्ष ४० का केसेङकुमार लिम्बू टाउकोमा चोट अवस्था मध्यम, तमोर अस्पतालमा उपचार भइरहेको , ताप्लेजुङ फुङलिङ ८ बस्ने अन्दाजी वर्ष ६० का कृष्ण खड्का टाउकोमा चोट अवस्था सामान्य (तमोर अस्पताल) घाइते छन् ।
त्यस्तै विभिन्न स्थानमा आन्दोलनकारीहरूलाई घाइते अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । त्यसरी उद्धार गरिनेमा इलाम थाक्थोकथुम गापा २ बस्ने वर्ष ३४ का रामकुमार राई दाहिने कुम खुस्किएको,दाहिने खुट्टाको घुँडाको मुनिको हड्डी भाँचिएको अवस्था मध्यम पाँचथर अस्पताल रेफर, ताप्लेजुङ फुङलिङ ४ बस्ने अन्दाजी वर्ष ५३ का असीम पालुङवा निधारको बायाँपट्टिको भागमा चोट अवस्था सामान्य , ताप्लेजुङ फुङलिङ ४ बस्ने अन्दाजी वर्ष २७ का समर लिम्बू बायाँ कुहिनाको हड्डी भाँचिएको सुविधा सम्पन्न अस्पताल रेफर, ताप्लेजुङ आठराई त्रिवेणी १ निगुरादिन बस्ने वर्ष २१ का शिशिर लिम्बू टाउकोमा चोट सुविधा सम्पन्न अस्पताल रेफर, इलाम सूर्योदय १४ बस्ने अन्दाजी वर्ष २५ को मिलन साँवा , मिक्लाजुङ २ बस्ने अन्दाजी वर्ष ४९ का सन्तराई , जिल्ला अस्पताल ताप्लेजुङ, झापा अर्जुनधारा २ बस्ने अन्दाजी वर्ष ३६ का सञ्जय लिम्बू , अर्जुनधारा ४ बस्ने वर्ष २६ की कोपिला चेम्जोङ,ताप्लेजुङ मेरीङदेन २ बस्ने अन्दाजी वर्ष ४३ का भवानसिंह लिम्बू रहेका छन् । डिस्चार्ज भएकाहरूलाई असीम पालुङवाले जिम्मा बुझेको बताइएको छ ।
डीएसपी रवि रावलले १५ जना आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । काफ्ले पाटी क्षेत्रबाट फर्किएको समूहले हिजो बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा वीरेन्द्र चोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका हुन् ।
प्रदर्शनमा मधेस प्रदेशबाट आएकाहरूसमेत सहभागी थिए । पक्राउ पर्नेहरूमा फिदिम ११ बस्ने अन्दाजी वर्ष २२ का यमन राई , बिर्तामोड ११ अर्जुनधारा बस्ने अन्दाजी वर्ष ३० की दिक्का क्षेत्री, ताप्लेजुङ आठराई त्रिवेणी १ बस्ने अन्दाजी वर्ष ४५ का नवीन पोमु,पाँचथर हिलिहाङ ६ बस्ने अन्दाजी वर्ष ४७ का मित्र लिङदेन ,सुनसरी इटहरी ३ बस्ने अन्दाजी वर्ष २३ का विवेक लिम्बू , मोरङ सुन्दरहरैचा वडा नं.१० बस्ने अन्दाजी वर्ष ५८ का तुलाराम तामाङ , सुनसरी इटहरी ३ बस्ने अन्दाजी वर्ष १९ का जुरन राई , मोरङ उर्लाबारी १ बस्ने वर्ष ३९ का हरि लिम्बू , पाँचथर फिदिम १ बस्ने अन्दाजी वर्ष ४० की सुनिता केरुङ ,सुनसरी इटहरी २ बस्ने वर्ष अन्दाजी ३२ का अर्जुन तामाङ , इटहरी २० बस्ने अन्दाजी वर्ष ३२ का अनुप सुब्बा ,इलाम ७ बस्ने अन्दाजी वर्ष ५१ का योगेन्द्र लावती, इटहरी १० बस्ने अन्दाजी वर्ष १९ का विशेष सुब्बा, बिर्तामोड । २ बस्ने अन्दाजी वर्ष २० की इक्सा लिम्बू । सोही ठाउँकी अन्दाजी वर्ष २१ की निहा चेम्जोङ रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।