
काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रवन्धकमा अर्जुनबाबु ढकाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गारेखा स्थायी घर भएका ढकाललाई महाप्रवन्धन नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रबिन्द्र केसीको राजिनामा स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुंगले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।
उनका अनुसार बैठकले सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुझाव आयोग, २०८१ र एउटै प्रकेतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्न्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुणामणी शर्माको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
उच्चस्तरीय कार्यदलको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा रहेका छन् भने सदस्य सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रहेका छ्न् ।