
इलाम । इलाम टेक्निकल इन्स्टिच्युटमा तोडफोड भएको छ ।
इलाम नगरपालिका –६ खरेल डाँडास्थित रामेश्वर नारायण झाले संचालन गरेको इलाम टेक्निकल इन्स्टिच्युटको ताला चाबी फुटाएर भित्र रहेको कम्प्युटर लगायतका बिभिन्न जिन्सी सामानहरु तोडफोड भएको हो ।
आज बिहान ७ः५० बजे इन्स्टिच्युट खोल्ने क्रममा संचालक आफैले देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।