![](https://sajhamanch.com/wp-content/uploads/2025/02/PM-KP-OLi-Sher-bahadur-Deuba-at-baluwatar.jpg)
काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।
सरकारले ल्याएका ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन् । सत्तापक्षकै केही दल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।