२०८१ फागुन ३, शनिवार , ११:०२:४६ बजे

Sajhamanch
'

चुलाचुलीमा पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’

शुक्रवार, फागुन २, २०८१

इलाम । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।

१० दिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

महोत्सवमा खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथै घरेलु उत्पादनको प्रदर्शनी पनि हुनेछ । सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।

शुक्रवार, फागुन २, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर