![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Badri-pandey.jpg)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् ।
उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको उनको भनाइ थियो ।
‘शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरू खडा भएको छ ।’
कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताए ।
‘कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरूबाट मात्रै विद्युत् उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मूल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहान वा खण्डित गर्ने भन्ने एउटा छलफल सुरु भएको छ,’ मन्त्री पाण्डेले भने ।
अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल सुरु भएको भन्दै उनले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए ।
‘यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसारभरी नै चलेको बहस भनेकै त्यही हो,’ उनले भने ।