![](https://sajhamanch.com/wp-content/uploads/2025/02/parliament-nepal-1.jpg)
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।
यो विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको थियो । मंगलबार नै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश टेबुल गर्न लागिएको हो ।
सभामा सन्देश टेबुल भएपछि विधेयकमाथि छलफलको प्रक्रिया अगाडि बढ्नेछ ।
यसका अलावा प्रतिनिधि सभामा मंगलबार निकासी पैठारी नियमन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभाले अनुमति दिएको खण्डमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीले विधेयक प्रस्तुत गर्नेछन् ।