![](https://sajhamanch.com/wp-content/uploads/2024/12/prakashman-singh-2.jpg)
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।
शुक्रवार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका २९ को वडा भवन उद्घाटन गर्दै राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठन्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे।
उनले भने, ‘होहल्ला गर्ने पछाडिको नियत के हो ? त्यो पनि बुझ्नुपर्यो नि । होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन् । छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो रु त्यो पनि बुझ्नुपर्यो नि ।’
उनले नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पारे।
उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिक तहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे।
काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिनिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताए । अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए ।