२०८१ माघ २३, बुधवार , ०७:२४:०७ बजे

Sajhamanch
'

पुस महिनामा देशभरबाट हराएकामध्ये ३ हजार १०६ जना बालबालिका फेला परे

बुधवार, माघ २३, २०८१

काठमाडौं । पुस महिनामा देशभरबाट ३ हजार ६९८ जना बालबालिका हराएकामा ३ हजार १०६ जना फेला परेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुसमा एक हजार २६ बालक र दुई हजार ६७२ बालिका गरी ३ हजार ६ ९८ जना बालबालिका हराएका थिए । तीमध्ये ८८२ जना बालक र २ हजार २२४ जना बालिका फेला परेका हुन् ।

पुसमा सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाट २५० जना बालक हराएकामा २११ जना फेला परेका छन् । यस्तै मधेश प्रदेशबाट ६४५ जना बालिका हराएकामा ४३७ जना फेला परेका छन् । प्रहरीले अझै ५९० जना बालबालिकाको खोजी भइरहेको छ । हराएकामध्ये २ जनाको ज्यान गएको प्रहरीले तथ्याङ्कमा छ ।

बालबालिका हराएमा, बेवारिसे अवस्थामा फेला परेमा, दुर्व्यवहारको शिकार अथवा जुनसुकै जोखिममा परेको देखेमा नजिकैको प्रहरी कार्यालय वा बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मा खबर गर्न प्रहरीको आग्रह छ ।

सम्बन्धित खबर