झापा । धनकुटामा आफैले बोकेको गोलियाले किचेर एकजनाको मृत्यु भएको छ । धनकुटा चौबीसे –७ लोफादिनका २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो ।
बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो ।
गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।