२०८१ माघ २१, सोमवार , ११:०४:३५ बजे

Sajhamanch
'

उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सोमवार, माघ २१, २०८१

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को. २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको मिक्लाजुङ गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय फौदसिंह विकको मृत्यु भएको हो।

दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले विकलाई आइतबार दिउँसो २:३० बजेतिर ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का १९ वर्षीय अजाद हुसेनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। पैदलयात्री वृद्धले सडक पार गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर