विराटनगर । मोरङ र सुनसरीमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आज बिहानको राति १२ः४५ बजे मोरङ बूढीगंगा २ सक्मास्थित भित्री सडकखण्डमा टंकिचोकबाट सक्मातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९३५७ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तत्काल नाम ,थर र वतन नखुलेको अन्दाजी २५/३० वर्षका पुरुष गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोक पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
त्यस्तै सुनसरीको इटहरीमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो साँझ ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं.२० हिमशिखर बोर्डिङ स्कुलनजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको दाहिनेतर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक ३१ वर्षीय बिजय राईलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएकोमा राति ८ः१० बजे डाक्टरले मृत घोषणा थिए । मोटरसाइकलमा पछाडि बस्ने इटहरी २० बस्ने १९ वर्षीय अनिश बस्नेतलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।