झापा । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् ।
आज बिहान ६ः२० बजे शिवसताक्षी –१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे. १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
बस सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
घाइतेहरू निम्न रहेका छन् ।
१) मोरङ विराटनगर – ३ बस्ने वर्ष ५४ का गुणा कोइराला (टाउको र दुवै हातमा चोट,अवस्था बोल्न सक्ने सामान्य)
२) ऐ.ऐ. बस्ने वर्ष ३४ की दिपा निरौला (सामान्य)
३) ऐ.ऐ. बस्ने वर्ष १७ की म्यारी निरौला (सामान्य)
४) ऐ.ऐ. बस्ने वर्ष ३८ की निर्मला निरौला (सामान्य)
५) ऐ.ऐ.४ बस्ने वर्ष ५९ की शर्मिला कोइराला (ढाडमा चोट, अवस्था बोल्न सक्ने सामान्य)
६) झापा शिवसताक्षी –८ झिलझिले बस्ने वर्ष ३२ का टंक शिवाकोटी (सामान्य)
७) ऐ.ऐ.बस्ने वर्ष ३० की आन्सा फियादेन (सामान्य)
८) ऐ.ऐ बस्ने वर्ष २१ की सुमना लिम्बू (सामान्य)
९) बिर्तामोड –६ बस्ने वर्ष ५१ का पुष्पलाल अधिकारी (टाउको र दाहिने पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य)
१०) ऐ.ऐ. बस्ने वर्ष ४९ की चन्द्रकला अधिकारी (टाउकोमा र कम्मरमा चोट , अवस्था बोल्न सक्ने सामान्य)
११) कमल –६ बस्ने वर्ष ४० का शान्तिराम खतिवडा (दुवै हातमा चोट,सामान्य)।
बस घटनास्थलमा रहेको, सडक अवरुद्ध नभएको र बस चालक मेचीनगर –१० धुलाबारी बस्ने वर्ष ५४ का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।