झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले हरेक वर्ष आयोजना गर्ने जिल्ला स्तरीय खेलकुद प्रतियोगिता (प्याब्सन स्पोर्टस् मिट) २०८१ बुधबार सम्पन्न भएको छ ।
पुष ८ गतेदेखि कमल गाउँपालिका वडा नंं ३ स्थित केर्खा खेल मैदानमा भएको प्रतियोगितामा जिल्लाका १४ वटा पालिकाबाट ७४ वटा विद्यालय सहभागी थिए ।
स्पोर्टस् मिटमा १५ वर्ष मुनिको फुटबल प्रतियोगितातर्फ होलील्याण्ड इङ्गलिस स्कूल भद्रपुर प्रथम भयो भने मेची बोर्डिङ्ग इङ्गलिस स्कूल शिवसताक्षी दोस्रो तथा मुनामदन एकेडेमी बुद्धशान्ति तेस्रो र जय पाथीभरा इङ्गलिस स्कूल झापा उत्कृष्ट टिम भएका छन् ।
त्यस्तै माध्यमिक तह छात्रतर्फको भलिबल झापा मेरीगोल्ड इङ्गलिस स्कूल कनकाई प्रथम भयो भने पाथीभरा इङ्गलिस स्कूल कमलले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । सो विधाको प्रतियोगितामा रुपरत्न मेमोरियल इङ्गलिस स्कूल अर्जुनधारा तस्रो भयो भने एसएस निकेतन भद्रपुर उत्कृष्ट टिम घोषित भयो ।
यसैगरी छात्रातर्फको भलिबलमा लालिमा इङ्गलिस स्कूल कमल प्रथम, स्वस्तिका शिशु सदन अर्जुनधारा दोस्रो, बेनुबाजा इङ्गलिस स्कूल कनकाई तेस्रो र प्रजिता इङ्गलिस स्कूल दमक प्रतियोगितामा उत्कृष्ट टिम बन्यो ।
कक्षा ११–१२ छात्रतर्फको भलिबलमा सिद्धार्थ शिशु शदन भद्रपुर प्रथम भयो भने रुपरत्न मेमोरियल इङ्गलिस स्कूल अर्जुनधारा दोस्रो, ग्लोबल एकेडेमी दमक तेस्रो र ध्रुवतारा आवासीय मावि शिवसताक्षी उत्कृष्ट टिम घोषित भए ।
कक्षा ११–१२ छात्रातर्फको भलिबल खेलमा सिद्धार्थ बोर्डिङ्ग स्कूल दमक प्रथम, रुपरत्न मेमोरियल बोर्डिङ्ग स्कूल अर्जुनधारा दोस्रो, इकोम कलेज बिर्तामोड तेस्रो र ध्रुवतारा आवासीय मावि शिवसताक्षी उत्कृष्ट टिम बन्यो ।
प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख देबेन्द्रबहादुर मल्लको प्रमुख आतिथ्यमा उद्घाटन भएको प्याब्सन स्पोर्टस् मिट २०८१ मा माध्यमिक तहको क्रिकेट खेल पनि भएको थियो ।
उक्त विधामा जय पाथीभरा इङ्गलिस स्कूल झापा प्रथम भयो भने ब्लु हेवन एजुकेशन फाउण्डेसन अर्जुनधारा दोस्रो, बैगुनधुरा इङ्गलिस स्कूल गौरादह तेस्रो र कन्चनज्योति इङ्गलिस स्कूल बाह्रदशी उत्कृष्ट टिम भएका छन् ।