२०८१ पौष १०, बुधवार , ०९:४७:३६ बजे

Sajhamanch
'

प्रधानमन्त्री रोजगार कार्यक्रम : शिवसताक्षीमा यो वर्ष ७५ जनालाई अवसर

बिहिवार, पौष ४, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै भावी योजनाहरुका बारेमा अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले कम्तिमा पनि सरकारले विपन्न परिवारलाई आफ्नो घर खर्च चलाउन सहयोगी बन्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम थालनी गनुपूर्व यसमा आवद्ध श्रमिकहरुलाई आवश्यक पर्ने औजार, सुरक्षा सामग्री, सांकेतिक पहिरन लगायतका सामग्रीहरु श्रमिकलाई प्रदान गर्नुपर्ने नगरप्रमुख थोप्राले निर्देशन गरे ।

उक्त कार्यक्रममा विपन्न परिवारका बेरोजगार व्यक्तिहरुलाई समेटनु पर्नेमा उनको जोड थियो । चालू आर्थिक वषृमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५ जना श्रमिकहरुले सहभागी जनाउने रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत ७५ जना श्रमिकले ४० लाख बराबारको साझेदारी योजनामा काम गर्नेछन् ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले प्रधानमन्त्री कार्यक्रममा काम गर्ने श्रमिकलाई काम मात्र होइन उनीहरुको दक्षता र क्षमताको पनि मूल्यांकन गर्नुपर्ने बताइन् । उनीहरुलाई प्रधानमन्त्री कार्यक्रम अन्तर्गतका कार्यक्रम सकिएपछि पनि स्वरोजगार बन्न प्रेरित हुने गरी दक्षताको प्रमाण पत्रसमेत दिनु पर्नेमा उनको जोड थियो ।

श्रमिकलाई दक्षताको लागि ५० दिनको तालिम पनि दिइने शिवसताक्षी नगरपालिका रोजगार शाखाले जनाएको छ । विभिन्न आयमुलक र सीपमुलक तालिम दिएर उनीहरुलाई तालिम अनुसारको काम लाउने बताइएको छ।

नगरपालिकाले हालसम्म आफूले निर्माण गरेको बाटो, कल्भर्ट, पैनी जस्ता श्रमिकले काम गर्ने स्थानहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम गराउदै आएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा वडाका योजनाहरुसँग पनि साझेदारी गर्न सकिने रोजगार संयोजक तिम्सिनाले बताए ।

अभिमुखकीकरणमा नगरका सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई उपस्थित गराई विभिन्न साझेदारी योजनाहरुको बारेमा समेत छलफल गरिएको नगरपालिका प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर