२०८१ पौष ३, बुधवार , ०३:३७:५४ बजे

Sajhamanch
'

मान्छे जन्मिँदै ठुलोसानो हुँदैन : प्रधानमन्त्री ओली

बुधवार, पौष ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै कोही ठुलो, कोही सानो नहुने बताएका छन् ।

बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मिँदै श्रेष्ठताको सिद्धान्त पाखण्ड कुरा भएको बताएका हुन् ।

‘जन्मँदै कोही उच्च कुल, उच्च घराना र ठुलो जात भएर जन्मिन्छ भन्ने कुरा होइन’, प्रधानमन्त्रीले भने, ‘सबै मान्छे मान्छेकै रूपमा जन्मन्छन् ।’

संयुक्त राष्ट्रसंघको बडापत्रले कुलघराना, जात वा सम्पत्तिका आधारमा जन्मिँदै कोही ठुलो र सानो भन्ने कुराको कल्पना नगरेको बताए । उनले ७६ वर्षअघि विश्व संगठनले यसबारे व्यवस्थित मानवअधिकार घोषणपत्र जारी गरेको भन्दै जातीय छुवाछुतसम्बन्धी ऐन समयानुकल हेरफेर र संशोधन गर्नुपर्ने भए गर्न सकिने बताए ।

‘स्टेकहोल्डर, जनप्रतिनिधि समेत राखेर ऐन संशोधन गरेर समयानुकूल बनाउने प्रयास गरिरहेका छौ’, प्रधानमन्त्रीको भनाइ छ । उनले समानताको लडाइँलाई अन्तिम बिट मार्ने प्रयासमा सरकार रहेको भन्दै त्यसबारे जनचेतना जगाउन पनि जरुरी रहेको बताए ।

सम्बन्धित खबर