बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भइरहेको छ ।
संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु धमाधम भइरहेका हुन् ।
अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भइरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिए । प्लम निर्माणको काम उपभोक्ता समितिमार्फत भइरहेको छ ।
निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख ९७ हजार रुपैयाँ बजेटमा काम भइरहेको वडा सदस्य बाँस्कोटाले बताए ।
झापाली विल्डर्ससँग सम्झौता भएको र सम्झौताअनुसार धमाधम काम अघि बढेको निर्माण कम्पनीका डिकबहादुर कुँवरले जानकारी दिए ।