धनगढी । धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो ।
धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए पछि आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले नगरप्रमुख हमाललाई मस्तिष्कको पक्षघात अर्थात Stroke (cerebellum infraction) को समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि उनलाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि उनको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।