२०८१ मंसिर १५, शनिवार , ०५:०५:४९ बजे

Sajhamanch
'

युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा सिटी र फेएनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् ।

गएराति भएका अरु खेलमा बार्सिलोनाले ब्रिस्टलाई ३–० ले हराएको छ । त्यस्तै बार्यन म्युनिखसँग पेरिस सेन्ट जर्मेइन (पीएसजी) १–० ले पराजित भएको छ । इन्टर मिलानले आरबी लाइपजिगलाई १ –० ले हराउँदा योङ्ग ब्वाइज एटालान्टासँग ६–१ ले पराजित भएको छ ।

त्यस्तै लेभेरकुसेनले आरबी साल्जबर्गलाई ५–० ले तथा आर्सनलले स्पोर्टिङलाई ५–१ ले हराएका छन् । यस्तै हिजो भएको पहिलो खेलमा एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३–२ ले र एथ्लेटिको मड्रिडले स्पार्टा प्राहालाई ६–० ले पराजित गरेका थिए ।

च्याम्पियन्स लिगमा इन्टर मिलान १३ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै बार्सिलोना दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

सम्बन्धित खबर