बिर्तामोड । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट झिलझिले माध्यमिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी घाइते भएका छन् ।
आज बिहान अन्दाजी ११ बजे शिवसताक्षी–८ स्थित भित्री सडकखण्डमा तीव्र गतिमा आइरहेको मोटरसाइकलको ठक्करबाट १२ वर्षीय जलन राई, ४ वर्षीय योगेश राई र ११ वर्षीय रिजन राई घाइते भएका हुन् ।
शितलचोकबाट ढुङ्गेलचोकतर्फ आउँदै गरेको प्रदेश १–०१–०१७ प २४०८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई विद्यार्थीहरुलाई ठक्कर दिएको थियो ।
घाइते तीनैजना विद्यार्थीहरुलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक शिवसताक्षी-८ बस्ने २४ वर्षीय अनिश प्रसाईं उपचारमा संलग्न रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।