२०८२ कार्तिक ३०, शनिवार , ११:५२:२२ बजे

Sajhamanch
'

आजको मौसम

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आइतबार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति, कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२