काठमाडौं । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएको छ । आज बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एकरएक गोलको बराबरी खेलेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । बराबरीपछि उरुग्वे १२ खेलमा २० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १२ खेलबाट १८ अङ्क जोडेको ब्राजिल पाँचौं स्थानमा छ ।
शीर्ष स्थानको अर्जेन्टिनाले पेरुलाई एक गोलले हराउँदै विश्वकपका लागि छनोट भएको छ । लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ ।
दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउनेछन् । त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ ।