२०८१ मंसिर ४, मङ्गलवार , ०३:२९:४८ बजे

Sajhamanch
'

अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध

मङ्गलवार, मंसिर ४, २०८१

कास्की । पदयात्राका लागि अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध भएको छ ।

चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खलबलिने र यात्रामा बाधा पुग्ने भएकाले यो निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

आयोजना प्रमुख डा. रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरे।

आधार शिविर पुग्नुअघि नै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेको उनको भनाइ छ । उनले अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत हुने पनि बताए।

पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा. कडरियाले बताए।

मङ्गलवार, मंसिर ४, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर