२०८१ मंसिर ३, सोमवार , ०९:५५:१६ बजे

Sajhamanch
'

न्युजिल्याण्डसँगको तीन खेलको एक दिवसीय शृङ्खला घरेलु टोली श्रीलङ्काले एक खेल अघि नै जित्यो

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । न्युजिल्याण्डसँगको तीन खेलको एक दिवसीय शृङ्खला घरेलु टोली श्रीलङ्काले जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्याण्डलाई तीन विकेटले पराजित गरेसँगै श्रीलङ्काले एक खेल अघि नै शृङ्खला जितेको हो ।

हिजोको खेलमा पाएको २१० रनको लक्ष्य श्रीलङ्काले ४६ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । वर्षाका कारण ४७ ओभरमा झारिएको खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले ४५ ओभर एक बलमा अलआउट हुँदै २०९ रन बनाएको थियो ।

सम्बन्धित खबर