२०८१ पौष ९, मङ्गलवार , ०१:२७:५४ बजे

Sajhamanch
'

काठमाडौंको प्रदूषण सुधारिँदै, विश्वको आठौं स्थानमा झर्‍यो

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको छ ।

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १६५ एक्यूआई मापन गरिएको छ । बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १७० एक्यूआई प्रदूषण मापन गरिएको थियझ ।

विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा यथावत छ । लाहोरको ७८० एक्यूआई मापन गरिएको छ ।

त्यस्तै छिमेकी राष्ट्र भारतका ३ सहर विश्वको प्रदूषित १० सहरभित्र परेका छन् । आक्यूएअरका अनुसार भारतको दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७४९ मापन गरिएको छ ।

त्यस्तै भारतकै कलकत्ता पाँचौं नम्बर छ । कलकत्ताको प्रदूषण १ ८१ एक्यूआई मापन गरिएको छ । त्यस्तै १५७ एक्यूआईसहित मुम्बई दशौं स्थानमा छ ।

शुक्रवार, कार्तिक ३०, २०८१ | मिडियाबाट साभार, समाज