काठमाडौं । दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार थप ४०० रुपैयाँले मूल्य घटेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २०० रुपैयाँ तोकिएको छ ।
कात्तिक १५ गतेयता सुन ८ हजार ८०० रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।