२०८१ पौष ६, शनिवार , ११:१५:३२ बजे

Sajhamanch
'

खानदान र बाहुबलीका आधारमा जनमत सिर्जना गर्ने दिन सकिए : मुख्यमन्त्री कडेल

मङ्गलवार, कार्तिक २७, २०८१

दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले खानदान र बाहुबालीका आधारमा जनमत सृजना गर्ने दिन सकिएको बताएका छन् ।

संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित सरोकारवालाहरुबीच दैलेखमा सोमबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले नागरिकको अपेक्षा र आवश्यकताका क्षेत्र विस्तारसँगै चेतनाको स्तरमा बृद्धि भएको पनि प्रष्ट पारेका थिए । उनले बाहुबली र खानदानको आधारमा जनमत सिर्जना गर्ने जमाना सकिएको प्रष्ट्याएका हुन् । जनप्रतिनिधिका कामबारे नागरिकले मसिनो ढंगले खबरदारी गरिरहेको मुख्यमन्त्री कडेलको भनाई छ ।

“हामीले सबै काम राम्रो गरिरहेका छौं भन्ने सबैलाई लागिरहेको होला तर नागरिकमा सन्तुष्टी देखिएको छैन, मुख्यमन्त्री कडेलले भनेका छन्, नागरिक सन्तुष्ट देखिने गरी हामीले काम सम्पन्न गर्नुपर्छ ।’

संविधानले सबै तीनै तहका सरकारलाई आआफना जिम्मेवारी र सीमा तोकेको स्मरण गराउँदै मुख्यमन्त्री कडेलले सबै तहका सरकारले आफना सीमा र जिम्मेवारी बुझन र बुझाउन सक्नुपर्ने पनि औंल्याएका थिए ।

“संविधानले हामीलाई गच्छे अनुसारको सरकार संचालनको जिम्मेवारी तोकेको छ, हामीले आफनो गच्छे अनुसारको सरकार संचालन गर्नुपर्छ, जनतालाई अनावश्यक आश्वासन दिनुहुदैन’ मुख्यमन्त्री कडेलको धारणा थियो ।

वर्तमान व्यवस्था ल्याउन कुनै एक जनाको मात्र नभएर हजारौंको बलिदानी रहेको चर्चा गर्दे मुख्यमन्त्री कडेलले व्यवस्थाको रक्षा गर्न पनि हामी सबैको उत्तिकै दायित्वको रहेको धारणा राखे । व्यवस्था भित्र एकाध जनाले कमजोरी गरेका होलान तर त्यही कमजोरीलाई लिएर सिंगो व्यवस्था माथिनै प्रश्न उठाएर असफल बनाउने तिर लाग्ने हामी कोही कसैलाई छुट छैन ।