२०८१ मंसिर ६, बिहिवार , १२:०७:३४ बजे

Sajhamanch
'

नेता अधिकारीलाई एमालेले गर्‍यो संगठित सदस्यता समेतबाट निलम्बन

शनिवार, कार्तिक २४, २०८१

झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गर्दै छानबिन गर्न माग गरेको छ ।

एमालेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको हस्ताक्षरमा विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको जानकारी गराएको हो ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौं ।’

आरोपको अन्तिम निरुपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको खतिवडाले उल्लेख गरेका छन् ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ । उनले पदबाट राजीनामा दिइसकेका छन् । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर