२०८१ कार्तिक ४, आइतवार , ०७:२५:४३ बजे

Sajhamanch
'

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : ६ दिनमा ६८ जनाको उद्धार

शनिवार, कार्तिक ३, २०८१

जनकपुरधाम । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको जनाइएको छ ।

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार सिरहाका विभिन्न स्थानबाट ८ जनाको उद्धार गरिएको हो । आयोजक संस्थाका अनुसार लहान नगरपालिका वडा– १ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जनाको उद्धार भएको छ ।

त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट– १ बाट २ जनाको उद्धार भएको हो । मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म पुग्दा ६८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।

उद्धार गरिएका ८ जना पुरुष र ३ जना महिलालाई शनिबार नै मानवसेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृहप्रवेशका लागि लगिएको छ ।

उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै सर्लाही जिल्लाका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित खबर