२०८१ कार्तिक २, शुक्रवार , ०७:१४:२६ बजे

Sajhamanch
'

‘रुकुम मैकोट’ बन्यो लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीत

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सबैभन्दा लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुने नेपाली गीत बनेको छ । असोज ६ गते विश्वब्यापी ट्रेन्डिङमा समावेश यो गीत अहिले सूचीको ५९ औं स्थानमा छ ।

एसडी योगीद्वारा संगीतबद्ध गीतलाई अहिलेसम्म ३ करोड ४६ लाख पटक हेरिएको छ । ७ हजारभन्दा बढी प्राप्त प्रतिक्रिया पनि सकारात्मक छ । यो गीत अहिले पनि टिकटक र रिल्समा उत्तिकै लोकप्रिय छ ।कात्तिक ६ गते यो गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा परेको एक महिना पुग्दैछ । युट्युवले हरेक साता ‘ग्लोबल टप म्युजिक भिडियो’को सूची अपडेट गर्छ, जसमा ‘रुकुम मैकोट’ माथि उक्लिएको हो । सुरुमा यो गीत ७३ औं स्थानमा थियो ।

लोकलय र मनछुने शब्दको कारण यो गीतलाई धेरैले रुचाइरहेका छन् । धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोमाथि विदेशीले पनि टिकटक बनाइरहेका छन् ।यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि झण्डै दुई साता ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो ।

सम्बन्धित खबर