२०८१ कार्तिक २१, बुधवार , ०२:३६:४४ बजे

Sajhamanch
'

मेची राजमार्गमा फेरि पहिरो, यातायात ठप्प

शुक्रवार, असोज १८, २०८१

इलाम । मेची राजमार्गमा फेरि पहिरो गएको छ ।

इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ । माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो ।

बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पॉचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।

शुक्रवार, असोज १८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर