काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६१ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ६० हजार ९०० रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको १ लाख ६१ हजार २०० रुपैयाँसम्म पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।