२०८१ कार्तिक २१, बुधवार , ०३:४०:१४ बजे

Sajhamanch
'

नवरात्रमा पनि सुनसान पाथीभरा

शुक्रवार, असोज १८, २०८१

ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन १ हजार १४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए ।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।

शुक्रवार, असोज १८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर