२०८१ कार्तिक २२, बिहिवार , ०१:५०:५९ बजे

Sajhamanch
'

इटहरीको रेडिमेड कपडा उद्योगमा आगलागी, तीन करोडको क्षति

सोमवार, असोज १४, २०८१

मोरङ । सुनसरीको इटहरीस्थित रेडिमेड कपडा उद्योगमा आगलागी हुँदा करिव ३ करोडको क्षति भएको छ ।

गएराति ११ः५० बजे इटहरी –३ त्रिवेणी चोकस्थित पासाङ शेर्पाको शेर्पा रेडिमेड कपडा उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो । आगो लागेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

११ जना सशस्त्र प्रहरी, ११ जना जनपद प्रहरी तथा इटहरी, दुहवी, सुन्दरहरैचा र रामधुनीको गरी ४ वटा दमकल र स्थानीयको संयुक्त प्रयासमा बिहान १ः३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब २ करोड ७५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ ।

सम्बन्धित खबर