२०८१ मंसिर १२, बुधवार , ०८:२८:४५ बजे

Sajhamanch
'

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु

मङ्गलवार, असोज ८, २०८१

झापा । सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका-८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलवार, असोज ८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर