२०८१ कार्तिक २३, शुक्रवार , ०२:२२:३७ बजे

Sajhamanch
'

आईसीसी विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हार

सोमवार, असोज ७, २०८१

झापा । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १८१ रन बनाएको थियो । सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए । क्यानडाका लागि कलिम सानाले ३ विकेट लिए ।

यसअघिका खेलमा नेपाल क्यानडासँग १०३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो । त्रिदेशीय श्रृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ । ८ टोलीको सहभागिता रहेको लिग–२ मा यो जितपछि क्यानडा १४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

नेदरल्यान्ड्स १२ अङ्कका साथ दोस्रो स्थानमा छ । २ अङकका साथ नेपाल अङ्कतालिकाको पुछारबाट दोस्रोमा छ । छैटौँ स्थानमा रहेको ओमानको ५ अङ्क छ ।

सम्बन्धित खबर