२०८१ पौष २४, बुधवार , ०७:३४:१४ बजे

Sajhamanch
'

नेपाली इन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक मन्त्रालयको अग्रसरता

आइतवार, असोज ६, २०८१

काठमाडौ । नेपाली इन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिएकोे छ ।

नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा मन्त्रालयले अग्रसरता लिएको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले छलफल अघि बढाएका हुन् ।

नेपाली इन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन इन्जिनियरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग मन्त्री दाहालले छलफल गरेका उनका प्रेस संयोजक गोपाल झापालीले जानकारी दिएका छन् । त्यस क्रममा मन्त्री दाहालले नेपाली दक्ष र उच्च शिक्षा लिएका इन्जिनियरहरुको क्षमतालाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न मन्त्रालयले प्राथमिकता दिने पनि आश्वासन दिएका थिए ।

वासिङ्टन एकडमा विश्वका २५ राष्ट्र आवद्ध रहेको र थप राष्ट्रहरु पनि आवद्ध हुने प्रकृयाका लागि छलफलका क्रममा रहेको जनाइएको छ । एकडमा आवद्ध राष्ट्रहरुका इन्जिनियरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक अवसरका लागि ढोका खुल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर